बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ।प्रदेश सरकारले प्रदेश भित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक यातायातमा ९ उपत्यका बाहेकको हकमा आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो ।
भाडादरमा यात्रुले १५ के.जी सम्म निशुल्क र सो भन्दा बढि १० के.जी सम्म प्रति के.जी रु ५ का दरले भाडा भुक्तानी गर्नुपर्ने जनाएको छ।काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो।
उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटर सम्म रु २७, २० किलोमिट सम्म रु ३० र २० किलोमिटरभन्दा माथि रु ३५ भाडादर कायम गरेको छ।
भाडादरमा डिलक्स सुबिधा सहितको सेवा प्रदान गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुको हकमा भने यातायात व्यवस्था कार्यालय÷सवारी परिक्षण कार्यालयबाट डिलक्स सुबिधा लिएको प्रमाणित भएकाले २० प्रतिशत सम्म भाडा थप गरी लिन पाउने छन्।
प्रतिक्रिया दिनुहोस