धादिङ २० असोज
धादिङमा आज ६४ जनाको एण्टिजेन परिक्षणमा धुनिबेशी नगरपालिकाका २ जनामा कोरोना पोजिटिभ आएको छ । पछिल्लो २४ घण्टामा धादिङमा २ कोरोना संक्रमित निको भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित २९ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
जिल्लामा अहिले सम्म संक्रमित हुनेको सङ्ख्या ९ हजार १ सय ३२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९ सय ५७ रहेको छ । यसैगरी संक्रमणका कारण ८० जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये धादिङ अस्पतालको आइसोलेसनमा १ जना र होम आइसोलेसनमा २८ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस