धादिङ आषाढ २
स्थानीय स्तरमै उपलब्ध साधन स्रोतको सदुपयोग गर्दै आर्थिक लाभ बृद्धि गरी रोजगारी बनाउने उद्देश्यका साथ नेत्रावती डबजोङ गाउँ पालिका सेमजोङमा आज ३ दिने आरु बखडाको जाम, जेली बनाउने तालिम सम्पन्न भएको छ । स्थानीय १० जना युवाहरुलाई ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटको आयोजना तथा नेत्रावती डबजोङ गाउँ पालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा युवाहरुलाई आरुबखडाबाट जाम, जेली बनाउने तरिका र यसको बजार व्यवस्थापनका बारेमा समेत प्रशिक्षण दिइएको ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटका अध्यक्ष रामचन्द्र न्यौपानेले बताउनु भयो ।
यस्तै १ महिनादेखि नेत्रावती डबजोङ गाउँ पालिका सेमजोङमा सञ्चालित स्यामा याङ्ग्रा बनाउने तालिम पनि सोमबार सम्पन्न भएको छ । स्थानीय १० जना महिलाहरुलाई दिइएको तालिममा स्यामा याङ्ग्रा बनाउने तरिकाका साथै यसको उपयोगिताका बारेमा समेत प्रशिक्षण दिइएको थियो । कार्यक्रमममा नेत्रावती डबजोङ गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलमान शाक्यको प्रमुख आतिथ्यता र स्थानीय जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस