गजुरीका सामुदायिक विद्यालयका बालविकास सहजकर्ताहरुको मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ ।
प्रयास नेपाल धादिङको आयोजना,प्लानेट इन्फान्ट डेभलपमेन्टको साझेदारीमा र गजुरी गाउँपालिकाको समन्वयमा गजुरी गाउँपालिका भित्रका २१ वटा सामुदायिक विद्यालयका १÷१ जना बाल बिकास सहजकर्ताका लागि भएको मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको हो ।
गजुरी गाउँ पालिकाका ४५ सामुदायिक विद्यालयका बाल बिकास सहजकर्ताहरुलाई २ चरणमा तालिम दिईएको प्रयास नेपाल धादिङले जनाएको छ ।
बाल बिकास कक्षामा भिन्न भिन्न मुल्य मान्यता ,सामाजिक संस्कारमा हुर्केका बालबालिकाहरु बाल विकास कक्षामा आउने र उनीहरुको मनोभावना नबुझी एकै प्रकारको व्यवहार गर्दा मनोबैज्ञानिक चोट,आघात समेत पर्न जान सक्ने जनाएको छ ।
त्यसकारण बाल विकास कक्षामा बाल मनोविज्ञान बुझेर आएका सवालहरुलाई सहजिकरण गर्दै दैनिकी क्रियाकलाप गर्नु जरुरी हुने भएकोले बाल बिकास सहजकर्ताहरुमा बालमनोभावना बुझि सहजिकरण गर्न सहयोग पु¥याउने उदेश्यका साथ मनोपरामर्श सम्बन्धि तालिम संचालन गरिएको जनाएको छ ।
तालिममा मनोसामाजिकको अबधारणा , अर्थ , बालबालिकामा देखिने मनोसामाजिक समस्या , कारण लक्ष्यण र प्रभाव, मनोपरामर्श , प्रकार, अन्तरवैयत्तिक सम्बन्ध , संचार सीप, बाल व्यवहार परिवर्तनमा अभिभावक र बालविकास सहजकर्ताको भुमिका लगायतका बिषयमा मनोसामाजिक परामर्शदाता भक्त बहादुर रसाइलीले सहजिकरण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस