धादिङ १९ असोज
पछिल्लो २४ घण्टामा धादिङमा दुई कोरोना संक्रमित निको भएका छन्। हाल जिल्लामा सक्रिय संक्रमित २९ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज जिल्लामा पोजिटिभ केश देखिएको छैन ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ३० पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९५५ रहेको छ।यसैगरी संक्रमणका कारण ८० जनाले ज्यान गुमाएका छन् ।
संक्रमित मध्ये धादिङ अस्पतालको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा २५ जना रहेका छन् । आज जिल्लाभर ९ एण्टिजेन परिक्षण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस