धादिङ १९ असोज
नजिकिदैँ गरेको चाडपर्वलाई लक्षित गर्दै धादिङमा विभिन्न पसलहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालाको संयोजकत्वमा निलकण्ठ नगरपालिका स्थित धादिङबेसी बजारका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा यस अघिको निर्देशन पालना नगरेको, म्याद नाघेका सामग्री प्रशस्त भेटिएको लगायतका कारण रण इन्टरप्राइजेजलाई ५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ । त्यस्तै अन्य व्यवसायीहरूलाई पनि आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस