धादिङ १८ असोज
नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन नेत्रावती डबजोङ्ग गापालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । निमार्चोक आधारभूत बिद्यालयका प्रधानाध्यापक युवराज पन्तको अध्यक्षतामा सम्पन्न भएको भेलामा एकीकृत अखिल नेपाल शिक्षक सँगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । सम्मेलनले बिनिता तामाङको अध्यक्षतामा १७ सदस्यिय गाउपालिका कमिटी चयन गरेको छ ।
निरञ्जना माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक केशरी प्रसाद पन्तको बिशेष आतिथ्य रहेको भेलामा नेकपा माओवादी केन्द्र नेत्रावती सचिवालय सदस्य एवम् नेपाल आदिवासी जनजाती महासंघ बागमती प्रदेश मुख्य सचिव गोपाल बहादुर गुरूङ,नेकपा माओवादी सचिवालय सदस्य तथा टानका केन्द्रीय सदस्य ठाकुर प्रसाद सापकोटा,नेकपा माओवादी केन्द्र नेत्रावती डबजोङका पार्टी अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको आतिथ्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस