नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।
नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ । एम्बुलेन्स सेवाका अध्यक्ष डा।प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए । एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उनले बताए । उनका अनुसार एम्बुलेन्समा एक जना इमर्जेन्सी मेडिकल टेक्निसियन ९इएमटी० सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ ।
आज दिएकासँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्सका लागि अहिले दैनिक ३० सम्म फोन आउने गरेका छन् । एम्बुलेन्स सेवाले काठमाडौंसहित पोखरा र चितवनका पनि सेवा विस्तार गरेको छ ।
source : ratopati
प्रतिक्रिया दिनुहोस