धादिङ १७ असोज
धादिङमा जारी निषेध आदेशलाई कार्तिक ५ गते सम्म थप गरिएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि आईतबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कार्तिक ५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा समयमा होटल तथा रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन र ब्युटिपार्लर बाहेकका अन्य सबै पसल व्यवसायहरु तोकिएको स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखि राति ८ः३० बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
त्यस्तै नजिकिदै गरेको बडा दशै लगायतका चाडपर्व मनाउदा एकाघर परिरवारमा बसिरहेका सदस्य बाहेक नाता कुटुम्ब तथा छरछिमेक भेला नहुन,अनावश्यक रुपमा घर बाहिर ननिस्कन, मेला, पर्व जात्रा महोत्सव जस्ता कार्य नगर्न, शुभकामना आदान प्रदानका नाममा कसनै जमघट,भेला, सभा, समारोह नगर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस