नेकपा एमालेले अनलाइन मार्फत पार्टी सदस्यता दिने तयारी गरेको छ । ललितपुरको गोदावरीमा भएको पार्टीको पहिलो विधान महाधिवेशनमा यसबारे जानकारी दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो एप्लिकेसनको उद्घाटन गरेका छन् ।
एप्लिकेसनबाट पार्टी सदस्यताका लागि आवेदन दिन सकिने र अनलाइनबाटै स्वीकृति दिइने पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सो एप्लिकेसनमा पार्टीको सम्पूर्ण निर्णय राखिने, पार्टीका सम्पूर्ण जनवर्गीय संगठनको प्रोफाइल राखिने उल्लेख गरे । अस्गर अलीको टोलीले सो एप्लिकेसन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस