धादिङ १६ असोज योङ कम्युनिस्ट लिग नेपाल धुनिबेसी नगरपालिका स्तरीय प्रथम सम्मेलन शनिबार सम्पन्न भएको छ । कमल रेग्मीको अध्यक्षताम भएको सम्मेलनमा नेकपा(माओवादी केन्द्र) धादिङका इन्चार्ज एवं बागमती प्रदेश शभा सदस्य सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै माओवादी केन्द्र धादिङका प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज एवं नीलकण्ठ नगरपालिकाका उप-प्रमुख मनराज भण्डारी, योङ कम्युनिस्ट लिग नेपालका सह- संयोजक सुबोध श्रीपाइली, माओवादी केन्द्र धादिङका नेताहरु दिपक लामिछाने(सुवोध), ध्रुव सुवेदी राजन रेग्मी, राजकुमार पाठक, योङ कम्युनिस्ट लिग नेपालका केन्द्रीय सचिवालय सदस्य चन्द्र बहादुर सिलवाल, जिल्ला अध्यक्ष राजाराम रिजाल लगायको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसर पारी नेकपा एमाले, नेपाली काङ्ग्रेस लगायतका पार्टी परित्याग गरि करिब ५० जना भन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस