धादिङ १६ असोज
नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधरण सभा एवम् नव निर्मित भवन समुद्घाटन समारोह शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । महिला बालबालिका समान अधिकार, लैङ्गिक हिंसा अन्त्यको मुख्य आधार भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा सहकारीका पुराना सदस्यहरुलाई सम्मान गर्दै प्रशंसा पत्र वितरण गरिएको थियो भने संस्थाका सचिवले बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको विशेष आतिथ्यता रहेको थियो । यस्तै नारी जागरण केन्द्रकी अध्यक्ष चित्रकुमारी भण्डारी, नारी विकास साकोसकी अध्यक्ष भगवती उप्रेती, नारी विकास सहकारी संस्था लिमिटेडका सचिव शुसिला भण्डारी लगायत सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढुङ्गानाले सहकारी संस्था खोलेर मात्रै नहुने र सहकारीले महिला तथा बालबालिकाको विकास र महिला हिंसाको विरुद्ध आवाज पनि उठाउनुपर्ने बताउनुभयो । यस्तै नगरभित्रका युवा उद्दमीहरुले १५ लाख ऋण निकाल्दा २ बर्ष सम्म नगरपालिकाले ब्याज तिर्दिने व्यवस्था रहेको ढुङ्गानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस