धादिङ जेष्ठ ३२
दुबै मृगौला ड्यामेज भएर काठमाडौँको सुमेरु अस्पतालमा उपचाररत नीलकण्ठ नगरपालिका १ साबिकको खाल्टे पात्लेकी टीका कुमारी गुरुङको उपचारार्थ आज सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी खाल्टे उपशाखाको सक्रियतामा सङ्कलन गरिएको कुल ८० हजार ३ सय ६० रकम बिरामीका श्रीमान् राम बहादुर गुरुङलाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
नीलकण्ठ नगरपालिका १ र ५ का विभिन्न विद्यालय, संघ संस्था, कार्यालय र सहयोगी मनहरुबाट रकम सङ्कलन गरिएको र अझै सङ्कलन कार्य जारी रहेकाले सबैलाई सहयोग गर्नको लागि नेपाल रेडक्रस सोसाइटी खाल्टे उपशाखाका सभापति दिपक कुमार श्रेष्ठले अनुरोध गर्नु भयो ।
सहयोगी दाताहरुको नाम र रकम यस प्रकार छ ।
१. नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रु.५,००० ।–
२. नेपाल रेडक्रस सोसाइटी खाल्टे उपशाखा रु.५,००० ।–
३. पञ्चकन्या माध्यमिक विद्यालय नी.न.पा ५ रु.१५,००० ।–
४. कालिका आधारभूत विद्यालय नी.न.पा ५ रु.५,५६५ ।–
५. मनकामना देवी आधारभूत विद्यालय नी.न.पा ५ रु.२,२४० ।–
६. महेन्द्रोदय कालिका माध्यमिक विद्यालय नी.न.पा ५ रु.५,००० ।–
७. प्रकाश माध्यमिक विद्यालय नी.न.पा. १ रु. ४,४१० ।–
८. पतेनी आधारभूत विद्यालय नी.न.पा १ रु. ५,५०० ।–
९. राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय भवन रु.११,७७५ ।–
१०. नीलकण्ठ नगरपालिका वडा नं. ५ को श्रीमल टोल, रु.७,५१५ ।–
११. नेम ब. श्रेष्ठ÷सुशिला श्रेष्ठ, रु.२,२०० ।–
१२. राम बहादुर श्रेष्ठ, वडा अध्यक्ष नी.न.पा ५, रु.५,०५५ ।–
सहयोगका लागि सम्पक
दिपक कुमार श्रेष्ठ :९८४१४९१२०८
श्रीमान राम बहादुर गुरुङ :९८०३३७५८८८
प्रतिक्रिया दिनुहोस