धादिङ १५ असोज
धादिङमा आज ११ जनाको एण्टिजेन परिक्षणमा ३ जनाको कोरोना पोजिटिभ आएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार निलकण्ठमा २ र धुनिबेशी नगरपालिकामा १ गरि आज जिल्लामा ३ पोजिटिभ केश देखिएको छ भने एक संक्रमित निको भएका छन् ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३३ पुगेको छ । संक्रमित मध्ये धादिङ अस्पतालको आइसोलेसनमा २ जना र होम आइसोलेसनमा ३१ जना रहेका छन् । हाल जिल्लाका १२ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस