धादिङ १५ असोज
युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो अधिवेशन तथा ६६ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ बहुमुखी क्याम्पस र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजना तथा युवा रेडक्रस सर्कलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३७ जना महिला र ६३ जना पुरुष गरी १ सय जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उप–मन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागि अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको उप–मन्त्री श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस