धादिङ १४ असोज
धादिङमा भूकम्प पश्चात् विस्थापित परिवारको लागि कार्पेट बुनाई तालिम समापन भएको छ । साङ्कोष गलैँचा उद्योगको आयोजना तथा पूर्णिमा बिहानी परियोजनाको सहयोगमा असार १६ देखि सुरु भएको तालिम बिहिबार सम्पन्न भएको हो ।
आर्थिक रुपले विपन्न, एकल महिला तथा भूकम्पबाट विस्थापित भएका महिलाहरुको आर्थिक अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक दिनेश बस्नेतले जानकारी दिनुभयो । तालिमले आफूहरुलाई स्वाबलम्बी बनाएको, नँया कार्यको अनुभव गर्न पाएको, आफैले आम्दानी गर्न सक्ने भएको तालिममा सहभागी महिलाहरुको भनाई छ ।
बिहानी परियोजनाको तर्फबाट २ लाख १५ हजार १ सय ९५ र सांकोष गलैचा उद्योगको तर्फबाट ७ लाख ३८ हजार ३ सय ९३ गरी २८ लाख ८८ हजार ५ सय ८९ लागतमा तालिम सञ्चालन भएको आयोजकले जानकारी दिएको छ ।
बुद्ध सिं तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीको आतिथ्यतामा भएको उक्त कार्यक्रममा खनियाबास गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङ, रिम्स नेपालका परियोजना संयोजक उमेश अधिकारी, प्रशिक्षकहरु विष्णु कुमारी तामाङ, अब्राहम तामाङ र तालिममा सहभागिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा तालिममा सहभागि ५० जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस