धादिङ १३ असोज
बुधबार गंगाजमुनामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने निलकण्ठमा ९८ बर्षीय पुरुषकोे मृत्यु भएकोे स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । बुधबार डिस्चार्ज हुनेको संख्या शुन्य रहेको छ भने हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३१ रहेको छ ।
जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा २८ जना रहेका छन् गजुरीमा आज ७ स्वाब संकलन भएको छ भने १६ एण्टीजेन परिक्षण १ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस