नेपालले पहिलो पटक कुस्तीको विश्व च्याम्पियन सिपमा सहभागितामा जनाउने भएको छ । नर्वेमा आयोजना हुने कुस्तीको विश्व च्याम्पियन सिपमा नेपालका तीन जना पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियन सिप अक्टोबर २ देखि १० सम्म आयोजना हुनेछ ।
विश्व च्याम्पियन सिपमा नेपालका सुमिर कुमार साह, सुरेश चुनारा र साहिल अन्सारीले प्रतिस्पर्धा गर्ने छन् । सुमिरले ९७ केजी तौल र सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गर्ने छन् भने साहिलको तौल समूह तय भएको छैन ।नेपालमा आयोजना भएको १३ औं सागमा सुमिर र सुरेशले कास्य पदक जितेका थिए ।
नेपाली टोलीको मुख्य प्रशिक्षमा धर्म राज यादव रहेका छन् ।च्याम्पियन सिपका लागि नेपाली टोलीले गत भदौबाट राजधानीमा विशेष तयारी गरेको संघका अध्यक्ष राज मोहमद अन्सारीले जानकारी गराउनुभयो ।कुस्ती टोलीलाई आज नेपाल कुस्ती सङ्घले बिदाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस