दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् ।
उनीहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका हुन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको जोखिम उच्च रहेको अवस्थामा दसैँ तथा तिहारमा उपत्यका छाडेर बाहिर जाने र उपत्यका भित्रिनेको भीड रहँदा कोरोनाको जोखिम बढ्ने भएकाले साँगा नाकामा कडाइ गर्न आग्रह गर्नुभएकोे
प्रमुख जिल्ला अधिकारी शर्माले दसैँ लक्षित बजार अनुगमन तीव्र पारिने बताउँदै अनुगमनमा अनियमितता गर्नेलाई कारवाही गर्ने बताए । उनले चाडबाड लक्षित सुरक्षा व्यवस्थालाई कडाइ पार्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस