धादिङ १३ असोज
नेपाल दलित मुक्ति मोर्चाको बागमती प्रदेश अध्यक्षमा धादिङका दिपक विश्वकर्मा मनोनित भएका छन् । मङ्गलबार पेरिसडाँडा, काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले विश्वकर्मालाई बागमती प्रदेश अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यस्तै इन्चार्जमा भने बुद्धि नेपाली मनोनित भएका छन् । नेकपा(माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय पूर्ण बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।
विश्वकर्मा नेकपा(माओवादी केन्द्र) धादिङको सचिवालय सदस्य एवं नीलकण्ठ नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस