धादिङ १२ असोज
मंगलबार धादिङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा धुनिबेसी १ र गंगाजमुनामा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । मंगलबार डिस्चार्ज हुनेको संख्या शुन्य रहेको छ भने हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३१ रहेको छ ।
जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा २८ जना रहेका छन् । ४६ एण्टीजेन परिक्षण मध्ये ४ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस