नेकपा एमाले निकट अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ ।
‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले जारी गरेको वक्तव्यमा उल्लेख छ । अनेरास्ववियुले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क गरिने सेनेटरी प्याड वितरणलाई प्रभावकारी बनाउन र विश्वविद्यालयसम्म यो कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस