धादिङ ०७ असोज
पछिल्लो २४ घण्टामा धादिङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर आज ५१ एण्टिजेन परिक्षण मध्ये निलकण्ठमा १ र धादिङ अस्पतालमा परिक्षण गराएका १ गरि २ जनामा पोजिटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । हालसम्म जिल्लामा संक्रमित हुनेको सङ्ख्या ९ हजार ९८ पुगेको छ । आज ५ संक्रमित निको भएसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ९ सय २७ रहेको छ जिल्लाको सक्रिय केश २६ रहेको छ भने २६ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस