कपिल जम्कट्टेल
धादिङ जेष्ठ ३१
सुनगाभा एकेडेमी नीलकण्ठ–३, धादिङमा शुक्रबार नियमित अतिरिक्त कृयाकलाप अन्तरगत गणित विज्ञान हाजिरी जवाफ प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ । विद्यालयले हरेक हप्ता गर्ने अतिरिक्त कृयाकलाप अन्तरगत आज गणित विज्ञान हाजिरी जवाफ प्रतियोगिताको पहिलो लिग सम्पन्न भएको हो ।
लिगमा पहिलो र दोस्रो हुने समूह अर्को चरणको लागि छनोट भएका छन् । कक्षा ६ देखि ९ सम्मका ४ सदनका विद्यार्थीहरुलाई २÷२ समूहमा विभाजन गरी २÷२ जना प्रतियोगी सहभागि भएको प्रतियोगितामा १६ जनाले सहभागिता जनाएका थिए । दोस्रो चरणमा पुग्न सफल प्रतियोगीलाई आगामी चरणका लागि राम्रो तयारी गर्न विद्यालयका भाइस प्रिन्सिपल गोकर्ण अधिकारीले शुभकामना समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस