एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले बेदुराम भुसाललाई महासचिव, रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । नेकपा एसको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा समझदारी बनाएको हो । पहिलो केन्द्रीय कमिटीको जारी बैठकमा अब स्थायी कमिटीले तय गरेको प्रस्ताव पेस हुने प्रचार विभाग प्रमुख जगन्नानाथ खतिवडाले जानकारी दिए ।
नेकपा एसको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७ र ७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये एक झाँक्री पनि हुनेछिन् ।
महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वाला लगायतका नेताहरूले दाबी गरेका थिए । त्यसमध्ये पाण्डे र भुसालबीच पछिल्लो समयमा बढ्ता रस्साकस्सी चलेको थियो । पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री पार्टीको संगठन सञ्चालनमा कम्युनिस्ट पार्टीमा महासचिवको भूमिका महत्त्वपूर्ण मानिन्छ ।
source : ekantipur
प्रतिक्रिया दिनुहोस