धादिङ ०६ असोज
धादिङका ४ सहित ९ जनालाई हस्तकला सामग्रीभित्र लागुऔषध चरेस राखेर ओसारपसार गर्दै आएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय २४ ग्राम चरेस सहित पक्राउ परेकाहरुलाई मंगलबार प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, जितबहादुर तामाङ, कृष्णबहादुर तामाङ, नुवाकोटका उर्पा तामाङ, वीरबहादुर तामाङ, म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका र दिलबहादुर रोका रहेको प्रहरीले जनाएको छ । उनीहरुले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस