धादिङ ०६ असोज
बुधबार धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका सङ्क्रमितमा गजुरीमा ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार १ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २९ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल क्वारेन्टाइनमा ११ र होम आइसोलेसनमा २९ जना रहेका छन् । २४ एण्टीजेन परिक्षण मध्ये सबै रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस