धादिङ ०६ असोज
मालपोत कार्यालय, धादिङको कामकाज ठप्प भएको छ । सोमबार दिउँसोबाट सफ्टवयर नचलेको भन्दै कार्यालयको सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
यस विषयमा जानकारी लिनका लागि मालपोत कार्यालय धादिङमा सम्पर्क गर्दा फोन नउठेपछि भूमि व्यवस्था तथा अभिलेख विभागमा सम्पर्क गर्दा त्यहाँका कम्प्युटर अपरेटर बलराम काफ्लेले इन्टरनेटको राउटरमा समस्या आएका कारण सफ्ट्वयर नचलेको बताए।
“आज बिहान मात्र राउटरको समस्याका कारण सफ्टवयर नचलेको भन्ने जानकारी भयो हामीले सामन तयार गरिसकेका छौँ । आज सामान धादिङ पठाएपछि भोलिबाट सञ्चालनमा आउँछ । ”काफ्लेले बताए ।
कार्यालयका कर्मचारीहरुले सामान्य समस्या समेत समाधान गर्न नसक्दा जग्गा पास, नामसारी लगायतका कामहरु ठप्प भएको हो ।
प्रतिक्रिया दिनुहोस