धादिङ ०५ असोज
धादिङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गईरहेको छ । मंगलबार धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या २ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २७ रहेका छन् । जसमध्ये होम आइसोलेसनमा २७ जना रहेका छन् । २८ एण्टीजेन परिक्षण मध्ये २ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस