दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस