धादिङ ०३ असोज
नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम धादिङबेसी स्थित पुछारबजारमा स्थापना गरिएको जिल्ला पार्टी कार्यालय आजबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो ।
पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एस) का केन्द्रिय सदस्य एवं् केन्द्रिय कार्यालय सचिव गंगालाल तुलाधरले केपि ओलि नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्काे पार्टी गठन गर्नुपरेको बताउनुभयो । एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको नेकपा (एस) केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीले बताउनुभयो ।
कुलमान वि.क को संयोजकमा ६१ सदस्यीय नगरकमिटि गठन गरिएको छ । ६१ सदस्यीय नगरकमिटि गठन गरिएको इन्चार्जमा शिवनीधि खनाल, सहइन्चार्ज शिवराज सापकोटा, सहसंयोजकमा दामोदर अर्याल र सचिवमा शान्तविक्रम बानिया चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस