धादिङ ०३ असोज
आईतबार धादिङमा थपिने कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । आज जिल्लामा १२ जनाको एन्टिजेन परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । पछिल्लो २४ घण्टामा २ संक्रमित निको भएसँगै जिल्लामा संक्रमितको संख्या २६ रहेको छ । संक्रमितमध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा २२ जना रहेका छन ।
प्रतिक्रिया दिनुहोस