धादिङ ०२ असोज
नीलकण्ठ महिला सहकारीको २३ औँ स्थापना दिवसको अवसरमा धादिङबेशीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३० जना महिला र ४१ जना पुरुष गरी ७१ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागि अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको धादिङ रेडक्रसका उप–मन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । गत आर्थिक बर्ष ०७७ र ०७८ मा जिल्लाका बिभिन्न ३० सङसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ७६६ पिन्ट रगत सङ्कलन गरिएको थियो । चालु आर्थिक बर्षको श्रावण १ गतेबाट धादिङका विरामीहरुलाई निशुल्क रगत वितरण सुरु गरिएको श्रेष्ठले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस