धादिङ २ असोज
शनिबार धादिङमा थपिने कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । आज जिल्लामा १९ जनाको एन्टिजेन परीक्षणमा सबै नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ संक्रमित निको भएसँगै जिल्लाको सक्रिय केश २८ रहेको छ । संक्रमितमध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा २४ जना रहेका छन । यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस