धादिङ ०१ असोज
अखिल नेपाल ट्रेड युनियन महासंघ मलेखु इकाई कमिटीको भेला सम्पन्न भएको छ । नेकपा(माओवादी केन्द्र) धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज एवं नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारीको प्रमुख आतिथ्यता तथा ट्रेड युनियन महासंघ, धादिङका अध्यक्ष बद्रि प्रसाद सुवेदी, नेकपा(माओवादी केन्द्र) धादिङका नेताहरु चन्द्र बहादुर सिलवाल, तारा भण्डारी, ध्रुव सुवेदी लगायतको आतिथ्यतामा भएको भेलाले राम थोकर तामाङको अध्यक्षतामा इकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दल बहादुर श्रेष्ठ, सचिवमा ध्रुव श्रेष्ठ र कोषाध्यक्षमा दिनेश परियार रहनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले माओवादी मजुदर, किसानहरुको पार्टी भएकाले ढुक्क भएर माओवादी पार्टीमा लामबद्ध हुन सबै मजदुरहरुलाई आग्रह गर्नुभयो । आम उत्पीडित मजदुरहरुको माग हक अधिकारका लागि माओवादी निरन्तर लागिरहेको र अहिलेको सरकारले पनि बजेटमार्फत मजदुर किसान र श्रमजीविहरुलाई संम्बोधन गरेको बताउनु भयो ।
कार्यक्रममा करिब १०० जना मजदुरहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस