धादिङ ०१ असोज
धादिङमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमित निको भएसँगै जिल्लाको सक्रिय केश ३३ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज १९ एण्टिजेन परिक्षण मध्ये सबै नेगेटिभ आएको छ । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा २९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस