धादिङ ३१ भाद्र
विहिबार धादिङमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार थपिएका सङ्क्रमितहरुमा धुनिबेसीमा २ र बेनिघाटमा २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै विहिबार ६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ रहेका छन् ।
जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४२ जना रहेका छन् । गजुरीमा २ स्वाब संकलन भएको छ । २५ एण्टीजेन परिक्षण मध्ये ४ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस