धादिङ २९ भाद्र
मंगलबार धादिङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका सङ्क्रमितहरुमा ज्वालामुखीमा १ र धादिङ्ग हस्पिटलमा परिक्षण गराएका २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै मंगलबार ३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५४ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा ४९ जना रहेका छन् । ५६ एण्टीजेन परिक्षण मध्ये ३ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस