धादिङ २८ भाद्र
सोमबार धादिङमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जना कोरोना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय धादिङले जानकारि दिएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५४ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ७ र होम आइसोलेसनमा ४७ जना रहेका छन् । गजुरीमा आज २ स्वाब संकलन भएको छ । ३७ एन्टिजेन परिक्षण मध्ये सब नेगेटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस