धादिङ जेष्ठ ३१
माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभलको धादिङबेसीमा शाखा सञ्चालनमा आएको छ । धादिङबेसीको बीचबजार सुगमटोलमा रहेको शाखाले शुक्रबारबाट सेवा प्रदान गर्ने माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभलकाका प्रबन्ध निर्देशक कमल सापकोटाले बताउनु भयो । धादिङ जिल्लाको साविकको ज्यामरुङ गाविसमा जन्मिएका सापकोटा एक सफल पर्यटन व्यवसायीका रुपमा परिचित छन् । काठमाडौँको ठमेलमा मुख्य कार्यालय रहेको ट्राभलको ब्रान्च धादिङले नेपालको कालिञ्चोक, रारा, मुक्तिनाथ, लुम्बिनी, पोखरा, चितवन लगायत जुनसुकै ठाउँमा घुम्न जानको लागि टुर प्याकेज, राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ टिकट, पर्यटक बस तथा केबलकारको टिकट तथा प्राइभेट कार, जिप र बसहरुको सुलभ र सजिलै भाडामा उपलब्ध गराउने छ ।
प्रतिक्रिया दिनुहोस