एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो । उनीहरुले एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछु, एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो, एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौुं लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस