धादिङ २७ भाद्र
आईतबार धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या १३ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ५४ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ३ र होम आइसोलेसनमा ५१ जना रहेका छन् । निलकण्ठमा आज १७ जनामा स्वाब संकलन भएको छ । ३२ एनटीजेन परिक्षण मध्ये २ जनामा पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस