धादिङ २७ भाद्र
राप्रपा धादिङको कार्यकर्ताहरुले धादिङबेसीमा एमसीसी विरुद्ध ¥याली प्रदर्शन गरेको छ । आईतबार धादिङबेसीको पुछारबजार देखी बिचबजार सम्म एमसीसी खारेजीको माग गदै राप्रपा धादिङको कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन । एमसीसी राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दवाव स्वरूप विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्ने हुनाले आम नागरिक एमसीसीको विरुद्धमा उत्रनु पर्ने प्रदर्शनमा सहभागीहरुले बताएका छन् । विरोधमा उत्रिएका युवाहरुले देशमा कुनै पनि हालतमा एमसिसि कार्यान्वयन हुन नदिने बताउदै ¥यालीमा सहभागि राप्रपा धादिङका कार्यकर्ताहरुले देश बेच्न पाईदैन, एमसीसी चाहिदैन, ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस