धादिङ ३१
विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेका छन् । रामकोट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा साघुँटार टोल सुधार समितिको सह आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जना महिला र ५८ जना पुरुषले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । सहकारी राष्ट्रको स्वाभिमान, नियमित बचतमा रामकोटको अभियान भन्ने नाराका साथ भएको रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि १२ बजेसम्म संस्थाको भवन नीलकण्ठ ८ साँघुटार, धादिङमा भएको थियो ।
दिनप्रतिदिन बढ्दै गएको रगतको मागलाई पुरा गर्न नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङ अभियानकै रुपमा रगत सङ्कलन गर्दै आएको रेडक्रस धादिङका जिल्ला सदस्य नारायण कुमार श्रेष्ठले बताउनु भयो । आज स्वयम्सेवी रक्तदाता एवं धादिङ जिल्लामै सबैभन्दा बढी रक्तदान गर्ने रक्तदाता नारायण कुमार श्रेष्ठले ४० औँ पटक रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस