धादिङ २६ भाद्र
विश्व प्राथमिक उपचार दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शनिवार त्रिपुरासुन्दरी गाउपालिका २ सल्यान्टार धादिङमा नेपाल रेडक्रस सोसाईटी आगिञ्चोक उपशाखाको आयोजनामा भएको रक्तदानमा ६ जना महिला र ४४ जना पुरुष गरी ५० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । रगत अभावका कारण जिल्लामा कुनै विरामीहरुको अकालमै ज्यान नजाओस् भनी नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस