धादिङ २६ भाद्र
धादिङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या केही दिनयता घट्दै गईरहेको छ । अहिले जिल्लामा संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढेसँगै जिल्लाको सक्रिय केश ६५ रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारि दिएको छ । पछिल्लो २४ घण्टामा धादिङ अस्पतालमा ३५ जनामा एन्टिजेन परिक्षण गराएका मध्ये १ जनामा पोजिटिभ आएको छ भने थप १४ जना निको भएर डिस्चार्ज भएको छ । संक्रमित मध्ये धादिङ अस्पतालको आइसोलेसनमा ३ जना र होम आइसोलेसनमा ६२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस