धादिङ २६ भाद्र
नेकपा(माओवादी केन्द्र) धादिङको कार्यालय भवन बनाउनका लागि मकाउमा रहेका नवीन धमलाको पहलमा आर्थिक सहयोग जुटेको छ ।
धमलाको पहलमा मकाउमा रहेका जनप्रगतिशील मञ्चमा आबद्ध माओवादी केन्द्रका सुभेच्छुक, सुभचिन्तकहरुबाट रु. २७ हजार २ सय रुपैँया संकलन गरेर हस्तान्तरण गरिएको धमलाले बताए ।
यसअघि पनि धमलाले पार्टी कार्यालय निर्माणका लागि रु. ४० हजार सहयोग गरिसकेका छन् । धमलाले कोरोना संक्रमणका बेला वाइसिएलमार्फत नागरिकहरुलाई स्वास्थ्य सामग्री वितरणको लागि रु. २० हजार हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस