धादिङ २३ भाद्र
बुधबार धादिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका सङ्क्रमितहरुमा गजुरीमा १ र धुनिबेसिमा १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै बुधबार २ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८५ रहेका छन् । जसमध्ये जिल्ला हस्पिटल आइसोलेसनमा ५ र होम आइसोलेसनमा ८० जना रहेका छन् । ४६ एनटीजेन परिक्षण मध्ये १ पोजिटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस