राष्ट्रिय जनगणना, २०७८ का लागि कुल चार अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा हरेक १० वर्ष अवधिमा जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ को १२ औं श्रृंखलाको लागि करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विभागले गरेको महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिन्भयो । जसमध्ये, सर्वसाधारण जनताको घरदैलो गर्ने जनगणकहरूको पारिश्रमिक र तलब सुविधामा मात्र एक अर्ब ८० करोड रुपैयाँ खर्च हुने विभागले जनाएको छ । जनगणना गर्न विभागले कुल ३९ हजार गणक परिचालन गर्दैछ । यस्तै, देशैभर आठ हजार ५०० जना सुपरीवेक्षक परिचालन गरिने गरिने समेत विभागले जनाएको छ ।
सुपरिवेक्षकको भर्ना नियुक्ति गत भाद्र २० गतेदेखि शुरू भइसकेको छ भने ३९ हजार जनगणकहरूलाई यही कात्तिक १३ देखि २६ गतेसम्म नियुक्ति दिइने तथ्याङ्क विभागले जनाएको छ । आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गते १५ दिनसम्म राष्ट्रिय जनगणना संचालन हुँदैछ । सरकारले सातवटै प्रदेशबाट कुल ७५३ स्थानीय तहमध्ये ३४९ स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिसकेको छ भने ८० जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ ।
सरकारले इतिहासमै पहिलो पटक जनगणनाका लागि डिजिटल प्रविधि (ट्याबलेट) प्रयोग गर्ने भएको छ । हस्तलिखित प्रश्नोत्तर कागजको साटो पहिलोपटक सरकारले ट्यावलेटको प्रयोग गर्ने भएको हो । तर, यो काठमाडौं उपत्यका भित्र मात्र प्रयोग गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
source : ratopati
प्रतिक्रिया दिनुहोस