धादिङ २२ भाद्र
नेकपा एकीकृत समाजवादीमा धादिङबाट ७९ जना जनप्रतिनिधिले सनाखत गराएका छन् । निर्वाचन आयोगले जनप्रतिनीधिहरुलाई दिएको दल परिवर्तन गर्न पाउने समय सिमाभित्र ८५ जना जनप्रतिनिधिले सनाखत गराएता पनि ६ जनाले भने निवेदन फिर्ताको लागि अर्को निवेदन गरेको जिल्ला निर्वाचन कार्यालय स्रोतले जानकारी दिएको छ ।
संम्बद्ध स्रोतका अनुसार सनाखत गराउनेमा १ नगर प्रमुख, १ नगर उपप्रमुख, १ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष, १४ जना वडा अध्यक्ष र ६७ जना सदस्य रहेका छन् ।
धादिङमा नेकपा एमालेबाट निर्वाचित ३ सय ९ जना जनप्रतिनिधि छन् । १३ वटा स्थानीय तहमध्ये ८ वटामा एमालेले जितेको थियो । नेकपा एकीकृत समाजवादीमा धुनिबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, गल्छी गाउँपालिका प्रमुख कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिका उपप्रमुख सीता ढुङ्गानाले सनाखत गराएको समाजवादी सम्बद्ध स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस